सुन्दरहरैचाको ताजा घटना१२ भदौ २०८३
पशुपन्छीमा समस्या देखिए सुन्दरहरैचा नगरपालिकाले तत्काल प्राविधिक सेवा उपलब्ध गराइने
वडा नं. १, २, ११ र १२ का लागि: आयुस ढकाल – ९८२७३७६४४१ वडा नं. ३, ४, ५ र ६ का लागि: लोकेन्द्र बानियाँ – ९८४२४६४३५० वडा नं. ७, ८, ९ र १० का लागि: यामुना राई – ९८४५३३४३००
Kedar Nepal◷ १२ भदौ २०८३पढ्ने समय: १ मिनेट
२
सुन्दरहरैँचा, मोरङ
सुन्दरहरैँचा नगरपालिकाभित्रका कृषकहरूले पालेका पशुपन्छीमा कुनै पनि किसिमको स्वास्थ्य समस्या वा रोगको लक्षण देखिएमा तत्काल प्राविधिक सहायता उपलब्ध गराइने भएको छ।
कृषकहरूलाई आफ्नै वडास्तरमा सहज र छिटो सेवा पुर्याउने उद्देश्यले नगरपालिकाले वडागत रूपमा प्राविधिकहरू खटाएको छ। पशुपन्छीमा कुनै समस्या आएमा आ-आफ्नो वडा हेर्ने प्राविधिकहरूलाई प्रत्यक्ष सम्पर्क गर्न कृषक महानुभावहरूमा अनुरोध गरिएको छ।
नगरपालिकाले सेवा लिनका लागि निम्न अनुसारका प्राविधिकहरूलाई सम्पर्क गर्न आग्रह गरेको छ:
वडा नं. १, २, ११ र १२ का लागि: आयुस ढकाल – ९८२७३७६४४१
वडा नं. ३, ४, ५ र ६ का लागि: लोकेन्द्र बानियाँ – ९८४२४६४३५०
वडा नं. ७, ८, ९ र १० का लागि: यामुना राई – ९८४५३३४३००
पशुपन्छीमा देखिने आकस्मिक रोग, सङ्क्रमण वा अन्य स्वास्थ्यसम्बन्धी जिज्ञासा भएमा तोकिएका प्राविधिकहरूसँग सम्पर्क गरी समयमै परामर्श र उपचार सेवा लिन नगर कार्यपालिकाको कार्यालयले सबै कृषकहरूमा अपिल गरेको छ।
टिप्पणीहरू (२)
सम्बन्धित समाचार

योजनाविहीन विकासको नमुना: ७५ लाख खर्चेर बनेको इटहरी स्थित ट्याङ्ग्रा खोलाको पुल एसियन हाइवेका लागि भत्काइँदै
Kedar Nepal◷ ४ हप्ता अगाडि०

शनिबार सुन्दरहरैँचाका विभिन्न क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने
Kedar Nepal◷ १ महिना अगाडि०
सुन्दरहरैचाको ताजा घटनासुन्दरहरैँचामा स्रष्टा सम्मेलन तथा सम्मान कार्यक्रम हुने, भाद्र १० भित्र विवरण बुझाउन आह्वान
Kedar Nepal◷ १ महिना अगाडि०

सञ्चालनमा आयो 'सुन्दरहरैँचा सरोकार' पोर्टल, घरमै बसेर प्लम्बरदेखि पण्डितसम्मको जानकारी पाइने
Kedar Nepal◷ १ महिना अगाडि०