सुन्दरहरैचा सरोकार११ असोज २०८३, आइतबार
सुन्दरहरैचाको ताजा घटना०५ भदौ २०८३

शनिबार सुन्दरहरैँचाका विभिन्न क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने

भोलि शनिबार सुन्दरहरैचामा करिब पाँच घण्टा बत्ती जाने

Kedar Nepal◷ ०५ भदौ २०८३पढ्ने समय: १ मिनेट
०

​नेपाल विद्युत प्राधिकरण, बेलबारी वितरण केन्द्रले सुन्दरहरैँचा नगरपालिकाका धेरैजसो वडाहरूमा शनिबार विद्युत सेवा अवरुद्ध हुने जनाएको छ। काँकडभिट्टा-लौकही सडक योजना (महेंद्र राजमार्ग/Asian Highway) अन्तर्गत सडक किनारका विद्युतीय पोल तथा तार सार्ने कार्य गर्नुपर्ने भएकाले विद्युत आपूर्ति बन्द गर्न लागिएको हो।
​नेपाल विद्युत प्राधिकरणका अनुसार सुन्दरहरैँचाका प्रभावित क्षेत्र र समय तालिका निम्नानुसार रहेको छ:
​विद्युत कटौती हुने समय र क्षेत्रहरू:
​११ के.भी. गछिया फिडर (बिहान ०७:०० बजेदेखि दिउँसो १२:०० बजेसम्म):
​सुन्दरहरैँचा नगरपालिका वडा नं. ०३, ०४, ०५, ०६ र ०७।
​गछिया एरिया, गोठगाऊँ एरिया, बलिया, बाँसबारी, दुलारी, बेलगाछी, मालती मार्ग तथा रोयल होटलको पश्चिमतर्फका क्षेत्रहरू।
​११ के.भी. सलकपुर फिडर (बिहान ०७:०० बजेदेखि बिहान ८:०० बजेसम्म):
​सुन्दरहरैँचा नगरपालिका वडा नं. ०३, ०८, ०९ र १०।
​चन्दनगर, विश्वविद्यालय एरिया, आर.एम.सि., तिनमोडे, चिउरामिल तथा हिमाली मार्ग लगायतका सम्पूर्ण क्षेत्रहरू।
​तोकिएको समयभन्दा अगावै काम सम्पन्न भएमा निर्धारित समयअघि नै विद्युत सेवा सुचारु गरिने प्राधिकरणले जनाएको छ। विद्युत कटौतीबाट पर्न जाने असुविधाप्रति बेलबारी वितरण केन्द्रले ग्राहकवर्गसँग क्षमा मागेको छ।

टिप्पणीहरू (०)

सम्बन्धित समाचार