भाषा, कला, साहित्य, गीत, सङ्गीत, चित्रकला, सिने तथा नाट्य क्षेत्रमा योगदान पुर्याउँदै आएका सुन्दरहरैँचा क्षेत्रका स्थानीय स्रष्टाहरूलाई सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
आयोजकका अनुसार उक्त सम्मान कार्यक्रम आगामी २०८३ भाद्र २१ गते आयोजना गरिनेछ।
कार्यक्रममा सहभागी तथा सम्मानित हुनका लागि नगरभित्रका सम्बन्धित स्रष्टाहरूसँग व्यक्तिगत विवरण (बायोडाटा) माग गरिएको छ। साहित्यकारको हकमा कम्तीमा एउटा पुस्तकाकार कृति प्रकाशन भएको हुनुपर्नेछ भने अभिनय, गायन, रेकर्डेड गीत वा चित्रकलाका माध्यमबाट सार्वजनिक भइसकेका स्रष्टाहरूले आगामी २०८३ भाद्र १० गतेभित्र आफ्नो व्यक्तिगत विवरण संस्थाको आधिकारिक इमेल sundhararaincha2082@gmail.com मा पठाउनु पर्नेछ।
सुन्दरहरैँचा कला साहित्य विकास समितिले सम्पूर्ण सम्बन्धित लेखक, साहित्यकार, सङ्गीतकार, कलाकार तथा चित्रकारहरूलाई समयमै विवरण उपलब्ध गराई सहयोग गरिदिन अनुरोध गरेको छ।



