सुन्दरहरैचा सरोकार११ असोज २०८३, आइतबार
सुन्दरहरैचाको ताजा घटना०३ भदौ २०८३

सञ्चालनमा आयो 'सुन्दरहरैँचा सरोकार' पोर्टल, घरमै बसेर प्लम्बरदेखि पण्डितसम्मको जानकारी पाइने

सुन्दरहरैचा नगरवासीले प्लम्बर, इलेक्ट्रीशियन, वकिल, पण्डित, सफारी चालक, कल गाड्ने मिस्त्री र धामीजस्ता स्थानीय जनशक्ति तथा आपत्कालीन टेलिफोन नम्बरहरू निःशुल्क प्राप्त गर्न सक्नेछन्।

Kedar Nepal◷ ०३ भदौ २०८३पढ्ने समय: १ मिनेट
०
सुन्दरहरैँचा।
स्थानीय उपभोक्ता र सेवा प्रदायकहरूलाई सहजै एकै ठाउँमा जोड्ने उद्देश्यका साथ ‘सुन्दरहरैँचा सरोकार’ नामक डिजिटल पोर्टल सञ्चालनमा आएको छ। नगरभित्रका गतिविधि तथा सेवा-सुविधालाई प्रविधिमैत्री र पारदर्शी बनाउन यो पोर्टल सुरु गरिएको हो।
​अब सुन्दरहरैँचावासीले एउटै क्लिकमा नगरभित्रका विविध सुविधाहरू निःशुल्क प्राप्त गर्न सक्नेछन्।
​
पोर्टलका मुख्य आकर्षणहरू:

१ ​दैनिक अपडेट र समाचार: सुन्दरहरैँचाभित्र घट्ने सम्पूर्ण घटना, गतिविधि र खबरहरूको तुरुन्तै जानकारी।

​२ अत्यावश्यक सेवा प्रदायकको सूची: प्लम्बर, इलेक्ट्रीशियन, वकिल, पण्डित, सफारी चालक, कल (ट्युबवेल) गाड्ने मिस्त्री, धामी-झाँक्री लगायत नगरका स्थानीय विशेषज्ञ तथा कामदारहरूको सम्पर्क नम्बर निःशुल्क उपलब्ध।

​३ जरुरी टेलिफोन डायरेक्टरी: एम्बुलेन्स, प्रहरी, दमकल लगायतका अत्यावश्यक निकायका सम्पर्क नम्बरहरू एकै ठाउँमा।

४ ​स्थानीय उत्पादनको निःशुल्क बजार: सुन्दरहरैँचाभित्र उत्पादित वस्तु तथा सामग्रीहरू बिक्री गर्नका लागि स्थानीय किसान तथा व्यवसायीले बिना कुनै शुल्क आफ्नो उत्पादन सूचीकृत गरी व्यापार गर्न सक्ने।

​नगरबासीलाई आफ्नै घरदैलोमा डिजिटल प्रविधिको प्रयोगमार्फत दैनिक जीवनका आवश्यकता पूरा गर्न र स्थानीय व्यापारलाई प्रवर्द्धन गर्न यो पोर्टल माइलस्टोन साबित हुने अपेक्षा गरिएको छ।
​सेवा लिन वा आफ्ना उत्पादन सूचीकृत गर्न 'सुन्दरहरैँचा सरोकार' पोर्टलमा सिधै पहुँच राख्न सकिनेछ।

टिप्पणीहरू (०)

सम्बन्धित समाचार